काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन् ।
शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए ।
नेताहरुलाई भेट्न काठमाडौँको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयरलगायतको टोली चुनदेवी पुगेको थियो ।
गगन थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि कांग्रेसमा विवाद छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया