काठमाडौं । बङ्गलादेशमा भएकाे २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ ।

बङ्गलादेशको ढाकामा आज साेमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो ।

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।

नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो ।

यस जितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो । हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान भिड्नेछन् ।

 

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com