काठमाडाैं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी एक हजार ६०० रुपैयाँले बढेर दुई लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला चार हजार ३५० रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया