बारा । बाराको जीतपुर बजारमा तीव्र गतिमा आएको कार अनियन्त्रित भएर पसलभित्र पस्दा दुईवटा पसलमा क्षति पुगेको छ।

बागमती प्रदेश ०१–०३१ च ३८८० नम्बरको कार टेढा रोड हुँदै वीरगञ्ज–पथलैया राजमार्गतर्फ जाने क्रममा अनियन्त्रित भई सडकछेउका पसलमा पसेको हो।

इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार कारको ठक्करबाट स्थानीय रोहित एन्ड प्रियंका किराना पसल र प्रभात ज्वेलर्समा क्षति पुगेको छ।

घटनापछि प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com