काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल)को अक्सन अहिले जारी छ ।
केडिया ग्रुपको आयोजनामा भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा लिग सुरू हुँदैछ ।
जारी अक्सनमा १ सय २९ खेलाडीको बोली लाग्नेछ । विभागीय टिम तथा प्रदेशबाट खेलिरहेका खेलाडीलाई ‘ए’ र ‘बी’ गरी दुई श्रेणीमा विभाजन गरेर अक्सन भइरहेको छ । क्याटेगोरी ‘ए’मा ५६ र ‘बी’मा ७३ खेलाडी समावेश छन् ।
यो लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम सहभागी हुनेछन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया