बुटवल । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बनेको नयाँ सत्ता समीकरणपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएका छन्।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

कांग्रेसका प्रमुख सचेतक जमुना ढकालका अनुसार पाँचै मन्त्रीको राजीनामा पार्टीको संसदीय दलको कार्यालयमा प्राप्त भइसकेको छ। उनीहरूको राजीनामा सोमबार औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइनेछ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद सरकारबाट बाहिरिएपछि १३ सांसद रहेको नेकपा सरकारमा सहभागी हुने भएको छ। नयाँ समीकरणअनुसार सरकारलाई बहुमत पुर्‍याउन एमाले र नेकपालाई लोसपा वा अन्य साना दल तथा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार लोसपालाई समेत समेटेर एक–दुई दिनभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com