काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले सरकारको उक्त निर्णय खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

सर्वोच्चको यो आदेशसँगै संघीय संसद्का सांसदका लागि स्वकीय सचिव नियुक्त गर्ने सरकारी प्रक्रिया अघि बढ्ने भएको छ।

यस्तै, सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो।

सरकारले संघीय संसद्का सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ता सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com