काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा साहमाथि निगरानी गरिएको थियो।
आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले साहलाई सोमबार गौरीगञ्ज गाउँपालिका–१ स्थित एक होटलबाट सेवाग्राहीसँग लिइसकेको १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले साहलाई घुस रकमसहित नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया