काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई दुवै कसुरमा गरी कुल १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतको आदेशअनुसार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
अदालतले तोकेको धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर गोल्छा रिहा भएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत जेठ २८ गते गोल्छाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया