काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य १ हजार रूपैँया घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैँया कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० रूपैँयामा काराेबार भएको थियो ।
यस्तै, चाँदीको मुल्य भने बढेको छ चाँदी १० रूपैँयाले बढेर चार हजार ३२० रूपैँया कायम भएको छ । हिजो चाँदी चार हजार ३१० रूपैँया कायम भएकाे थियो ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया