काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन प्रधानमन्त्री बालेन शाहले विशेष पहल गरिरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका वाग्लेले बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको प्रतिनिधित्व गर्दै सुनसरीको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।

उनले सुनसरीमा सामाजिक सद्भाव कायम गर्ने, सुरक्षा व्यवस्था थप सुदृढ बनाउने तथा घटनाबाट प्रभावित परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए।

‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ,’ अर्थमन्त्री वाग्लेले बैठकमा भने, ‘उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल गरिरहेको छ।’

सुनसरीको स्थिति सामान्य बनाउन तथा नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन सरकारले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गरिरहेको उनले राजनीतिक दलका नेताहरूलाई जानकारी गराए।

सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाउँदै वाग्लेले सुनसरीको समस्या समाधानका लागि सरकार र राजनीतिक दलसहित सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताए।

उनले राजनीतिक दलहरूले घटनाको समाधान र सामाजिक सद्भाव कायम गर्न थालेको पहललाई सरकारले सकारात्मक रूपमा लिएको समेत स्पष्ट पारे।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com