बाँके । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टिक ट्याङ्कीमा सोमबार बिहान करिब ९ बजे तीन जना मजदुर फसेका थिए।
घटनाको जानकारी पाएपछि पुगेको प्रहरीले जेसीबीको सहयोगमा सेप्टिक ट्याङ्कीको संरचना भत्काएर तीनै जनालाई बाहिर निकालेको थियो। तर, उनीहरूलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।
प्रहरीका अनुसार मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया