काठमाडौं । बैंकिङ कसुरको आरोपमा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।
सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा पन्तलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी पन्तलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा सीआईबीले पन्तमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल पनि यसै प्रकरणमा अनुसन्धानका क्रममा सीआईबीको हिरासतमा छन्।
प्रभु बैंकले एशियन भिलेज रिसोर्टलाई करिब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। सो कर्जा प्रवाहमा अनियमितता भएको विषय नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणपछि बाहिर आएको सीआईबी स्रोतले जनाएको छ।
घटनाबारे सीआईबीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया