काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेता मनोनीत गरेको छ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो।

रास्वपाको संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था गरिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। पार्टी र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहमतिअनुसार उनलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको जनाइएको छ।

शाह प्रधानमन्त्री बनेपछि रास्वपाले उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com