काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जसका कारण आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले आगामी बिहीबार र शुक्रबार पनि देशभर बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण हुन सक्ने जोखिमप्रति सतर्क रहन समेत आग्रह गरिएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया