काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ८०० रूपैँयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रूपैँया कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैँयामा काराेबार भएको थियो ।

यस्तै, चाँदीको मुल्य भने घटेको छ।  चाँदी १० रूपैँयाले घटेर चार हजार ३१० रूपैँया कायम भएको छ । हिजो चाँदी चार हजार ३२० रूपैँया कायम भएकाे थियो ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com