काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।
बैठक प्रारम्भसँगै प्रतिपक्षी सांसदहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका बेला नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफ्नै बेन्चमा बसेर मुस्कुराइरहेको दृश्यले सदनको ध्यान खिचेको थियो।
प्रतिपक्षको विरोध जारी रहेकै अवस्थामा सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाउँदै नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा सांसद वासना थापालाई आफ्नो धारणा राख्न समय दिएका थिए।
त्यसपछि थापाले सदनलाई सम्बोधन गर्दै समसामयिक विषयमा कांग्रेसको धारणा प्रस्तुत गरेकी थिइन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया