काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको प्रक्रिया अघि बढाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।

बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। अर्थमन्त्री वाग्लेले समितिलाई तत्काल काम सुरु गर्दै आजै आन्दोलनरत पक्षसँग औपचारिक वार्ता थाल्न निर्देशन दिएका छन्।

समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य समितिको सदस्य–सचिव तोकिएका छन्।

गठित समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्ने तय भएको छ। बैठकले वार्ताको कार्ययोजना तय गर्दै आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिसँग आजैदेखि संवाद प्रक्रिया सुरु गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ।

सरकारले वार्तामार्फत लघुवित्त पीडितका माग, गुनासा र समस्याको समाधान खोज्ने उद्देश्यका साथ समिति गठन गरेको जनाएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com