सिरहा । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा सुरु भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि अवस्था तनावग्रस्त बनेको छ।
गोलबजार क्षेत्रमा दुई पक्षबीच झडप भइरहेका कारण सुरक्षा अवस्था जटिल बनेको स्थानीय प्रशासनले जनाएको छ।
बिग्रँदै गएको परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
शान्ति–सुरक्षा कायम राख्न सुरक्षाकर्मीको परिचालन बढाइएको छ भने थप अप्रिय घटना हुन नदिन प्रशासनले नागरिकलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया