जनकपुरधाम । धनुषाको जनकपुरधाममा बिहीबार बिहानदेखि जारी प्रदर्शनका कारण सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले शहरका विभिन्न चोकमा टायर बालेर विरोध जनाइरहेका छन्।

बिग्रँदै गएको परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको धनुषाका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार प्रदर्शनकारीको भीड नियन्त्रणमा लिन र सम्भावित उपद्रव रोक्न सुरक्षाकर्मीले हालसम्म १५ राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेका छन्।

एसपी खड्काले भने, ‘सुरक्षा समितिको बैठक जारी छ। विभिन्न स्थानमा भीड तितरबितर गर्न १५ राउन्डभन्दा बढी अश्रुग्यास प्रयोग गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ, तर हालसम्म कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन।’

प्रदर्शनका क्रममा एक बालक घाइते भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ भने जनकपुरधाममा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com