काठमाडौं । सिरहाको लहानमा बिहीबार दुई समूहबीच भएको हिंसात्मक झडपमा प्रहरीकाे गाेली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा करिब २० वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पुष्टि गरेका छन्।
यसअघि बिहीबार मध्याह्न गोलबजार क्षेत्रमा पनि दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका थिए। लगातार तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रदर्शनका क्रममा उग्र बनेको भीडले एक ग्यारेजबाट मोटरसाइकल निकालेर ११ वटा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ।
सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको थप टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया