सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय र भौतिक क्षतिको अवस्थासम्म पुगेको छ ।

बिहीबारको घटनामा एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

बिहीबार साँझ करिब २० राउण्ड टियर ग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको छ ।

गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस र गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारस्थित घरमा आगजनी गरिएको छ ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com