काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले अघि बढाइने स्पष्ट गरेका छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनाको सत्यतथ्य उजागर गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले घटनामा संलग्न जोसुकै भए पनि कानुनभन्दा माथि नरहने उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताए।

प्रधानमन्त्री शाहले भने, ‘म सम्पूर्ण नागरिकलाई विश्वास दिलाउन चाहन्छु, यी घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न जो कोही भए पनि कानुनी कारबाहीबाट उन्मुक्ति पाउने छैन। सरकार कानुनको शासन कार्यान्वयन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।’

उनले अनुसन्धान प्रक्रियालाई विश्वसनीय, निष्पक्ष र प्रभावकारी बनाउँदै पीडितले न्याय पाउने वातावरण सुनिश्चित गरिने पनि बताए।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com