काठमाडौं। राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दै छ। बैठकका लागि सङ्घीय संसद् सचिवालयले विभिन्न महत्त्वपूर्ण विषय समेटिएको सम्भावित कार्यसूची तय गरेको छ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफूसम्बद्ध मन्त्रालयहरूसँग जोडिएका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ। त्यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया