सिराहा । सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि स्थानीय र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ ।
गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन् । गृहमन्त्री सुदन गुरुङ मृतकको परिवारलाई भेट्न जाँदैछन् ।
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीबार औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन् ।
तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया