काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा बेपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान शुक्रबार खराब मौसम र अँध्यारोका कारण स्थगित गरिएको छ। पाकिस्तान अल्पाइन क्लबका अनुसार हालसम्म ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त)को शव फेला परेको छ।

बेपत्ता आरोहीहरूको खोजीका लागि पाकिस्तानी सेनाका उद्धार हेलिकोप्टर परिचालन गरिए पनि प्रतिकूल मौसमका कारण अभियान रोकिएको हो। हिमपहिरोमा अझै ८ जना बेपत्ता छन्, जसमा नेपालका निर्मल पुर्जा (निम्स दाइ)सहित अन्य नेपाली तथा विदेशी आरोही रहेका छन्। खोजी अभियान शनिबार पुनः सुरु गरिने जनाइएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com