काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन्।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा भण्डारीले नेपाललाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन्।

कार्यक्रममा तुल्सीलाल अमात्यले नेपाली कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। सो अवसरमा विभिन्न राजनीतिक व्यक्तित्व, बुद्धिजीवी तथा प्रतिष्ठानसँग आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com