काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति सवा ९ बजे भीषण आगलागी भयो।

रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भएर सुरु भएको उक्त आगलागीमा परी फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवेयर, किराना, स्टेशनरी र मिठाइसहित विभिन्न १४ वटा पसलहरू जलेर नष्ट भएका छन्।

घटनालगत्तै खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहयोगमा ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कीको प्रयोग गरी राति ११ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। प्रस्तुत तस्बिरहरु घटनाको भोलिपल्ट आइतबार खिचिएका हुन्।

तस्बिरहरू: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com