काठमाडौं । प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डबाट स्रोत खुल्न नसकेको भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।
विशेष सूचनाका आधारमा मोटरसाइकल जाँच गर्ने क्रममा ५००, २०० र १०० दरका भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ भने दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया