काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार तिब्बती शरणार्थीको नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो।
मुद्दा दर्ता हुँदा भट्टराई अदालतमा उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सोही आदेशका आधारमा सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रहरी उपरीक्षक (एसपी) अनुपमशम्शेर जबराले सहसचिव भट्टराईलाई पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथिको मुद्दाको थप कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया