काठमाडौं । पोखरामा भएको यती एयरलान्सको विमान दुर्घटनाको उद्धार कार्य अझै जारी छ ।
जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीका अनुसार अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्याइएको छ । सेतीको खोंचमा भएको दुर्घटनाको कारण उद्धार कार्यमा केही कठिनाइ भएको केसीले बताए ।
‘हामीले उद्धार जारी नै राखेको छौं । अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्याएका छौं । थप ३४ जनाको शव खोंचमा देखिएको छ । खोच ३ सय मिटर तल भएको कारण शव निकाल्न अफ्ठ्यारो भएको छ,’ एसपी केसीले भने । तर नागरिक उड्डयन प्राधिकरणले भने २९ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । प्राधिकरणले साढे २ बजेपछि अपडेट दिएकाे छैन ।
काठमाडौंबाट ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको विमान आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएका थियो ।
प्रकाशित मिति: १ माघ २०७९, आइतबार
प्रतिक्रिया