काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बिहीबार रूपन्देही जिल्ला अदालतमा नयाँ मुद्दा दायर गरिने तयारी भएको छ। बुटवलस्थित सुप्रिम सहकारीको ठगीसम्बन्धी मुद्दामा उनलाई प्रतिवादी बनाउन लागिएको हो।

यसअघि कास्की र काठमाडौंका सहकारीसम्बन्धी मुद्दामा लामिछाने धरौटीमा रिहा भइसकेका छन्। बुधबार मात्रै काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

Advertisement
Advertisement

रूपन्देहीमा भने लामिछानेसहितका व्यक्तिहरूमाथि पूरक अभियोग दायर गरिने भएको छ। सुप्रिम सहकारीको ठगीसम्बन्धी मूल मुद्दा गत वर्ष नै दायर भइसकेको थियो, जसमा लामिछाने प्रतिवादी थिएनन्।

जिल्ला सरकारी वकिल कार्यालय, रूपन्देहीका प्रमुख प्रेमराज पौडेलका अनुसार बिहीबार वा शुक्रबार अदालतमा मुद्दा दर्ता गरिनेछ। प्रहरीको सिफारिसअनुसार रविविरुद्ध दुई करोड १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन भनिएको छ। सरकारले रविलाई पक्राउ नगरी आफैं उपस्थित हुने सुविधा दिएको छ, तर यसबारे थप विवाद र आलोचना उठिरहेको छ।

 

प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com