काठमाडौँ । सभामुखमा देवराज घिमिरे निर्वाचित भएसँगै संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन्।

उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ। सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ।

 

 

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com