स्याङ्जा । स्याङ्जाको वालिङस्थित फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको समयमा हेलिकोप्टर अवतरण गरेपछि स्थानीयले पाइलटमाथि हातपात गरेका छन्।

पाँच दिनदेखि जारी प्रथम वालिङ् गोल्ड कप प्रतियोगिताअन्तर्गत बिहीबार अपराह्नन सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो।

सोही समयमा प्रभु हेलिकोप्टर ल्याण्ड गरेपछि क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको हो। चार्टर गरेर ल्याइएको हेलिकोप्टरमा यहाँका केही युवाहरू आक्रोशित बन्दै हातपात गरेका हुन्।

वालिङ नगरपालिकाका चार जना युवाले सो हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ ल्याएका हुन्। हेलिकोप्टर ल्यान्डपछि मैदानका खेलाडी र दर्शकहरूको भागाभाग भयो।

अनुमति बिना खेल मैदानमा ल्याण्ड गरिएको  हेलिकोप्टरका बारेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको र थप अनुसन्धान सुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com