काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी गरेको छ । आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ ।

आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।

राष्ट्रपति  निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ ।

एक महिना अघि नै निर्वाचन गर्दा दुईजना राष्ट्रपतिको व्यवस्थापनमा समस्या हुने भएकाले फागुनको अन्तिममा निर्वाचन गर्न लागिएको निर्वाचन आयोग स्रोतले बताएको छ ।

 

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com