बुटवल । अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले मन्दिरमा पूजा गर्न नजान आह्वान गरेकी छिन् । राप्रपाले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य थापाले मन्दिर नजान र पूजाआजा पनि नगर्न आग्रह गरेकी हुन् ।

उनले राप्रपालाई मत दिए धर्म प्राप्त हुने भन्दै समर्थकहरुलाई मन्दिर नजान र पूजाआजा नगर्न आग्रह गरेकी हुन् । उनले आफ्नो साझा परिचयलाई दाउमा राखेर राजनीतिमा होमिएको भन्दै राप्रपाको एजेण्डाले नै देशले निकास पाउने दाबी गरिन् । उनले कसैको केही नहुनेहरुकालागि राजनीति हुनुपर्नेमा नेपालमा राजनीति हुने खानेहरुका लागि मात्र गर्ने गरिएको बताउँदै उनले गरिव, मजदुर र सामान्य जनताको टाउकोमा टेकेर नेताहरु रातारात धनी बनेको आरोप लगाईन् ।

राप्रपा भावनाको राजनीति गर्न चाहेको बताउँदै उनले राप्रपाको अभियानलाई राजनीतिक विज्ञापन नठान्न आग्रह गरिन् । राप्रपाले पनि जनताले धोका दिए आफ्नो साझा पहिचान नरहने थापाको भनाई छ । गणतान्त्रिक व्यवस्था प्रति लक्षित गर्दै उनले वर्तमान व्यवस्थाले गाली गर्ने शिक्षा मात्र दिएको बताउँदै नागरिकको जीवन परिवर्तन गर्न नसकेको बताईन् । राप्रपाबाट निर्वाचित भएका नेताहरुले गलत गरे आफैले ती नेतामाथि जन कारवाही गर्ने चेतावनी समेत दिईन् ।

आफुले जनताको आँखामा आक्रोश र पिडा देखेको बताउँदै अभिनेत्री थापाले आगामी निर्वाचनमा त्यो आक्रोशलाई शान्त पार्न राप्रपाको एजेण्डा सफल हुने बताइन् । उनले आफु राप्रपाको केन्द्रीय सदस्य भएपनि चुनाव जितेर राप्रपाका नेताहरुले पनि गल्ती गरे आफुले नछाडने चेतावनी दिइन् ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com