काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफूले आजै  गिरफ्तारी दिन लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले गिरफ्तारी दिन लागेको बताएका हुन् ।

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै  गिरफ्तारी दिँदै छु।  साथै  न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि   ठुलो अन्याय भएको छ’, उनले भनेका छन् ।

तर, जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालतको औपचारीक पत्र आएपछि प्रकाउ गर्ने रणनीति बनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देही डिएसपी एवं प्रवत्ता सुरज कार्कीले उच्च अदालत तुलसीपुर बुटवलको आदेश जिल्ला हुँदै प्रहरी कार्यलयमा औपचारीक रुपमा आएपछि प्रकाउ गर्ने योजना रहेको बताए।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This