रामेछाप । झण्डै एक सातादेखि दैनिक चुनाबी गठबन्धन बारे बैठक बस्दै आएका रामेछापका चार दलहरु सहमतिमा नपुगी अन्तत गठबन्धन तोडेर आआफ्नै तरिकाले चुनाव लड्ने भएका छन्।

सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धन हुने सम्भावना टरेको हो । शनिवार गठबन्धनमा आबद्ध दलहरुबीच अनौपचारिक छलफल भएपनि कुनै सहमति जुट्न सकेन । दलहरू बिच सहमति नजुटेपछी काङ्ग्रेस एक्लै चुनावी मैदानमा उत्रने भएको हो। प्रदेशले टुंगो लगाउने बाहेक जिल्ला तहबाट चुनावी तालमेल नहुने भएको हो । कांग्रेसले जिल्लाको आठ वटै स्थानीय तह र ६४ वटै वडामा एक्लै चुनाव लडने भएको छ।

कांग्रेससँग चुनावी तालेमलको सम्भावना टरेपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच चुनावी तालेमलको लागि गृहकार्य अघि बढेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com