काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । संसद् भवन नयाँ बानेश्वर पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन्।

शाक्यको प्रस्तावकमा पार्टी अध्‍यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, सचिव छविलाल विश्वकर्मा,गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन्। यस्तै समर्थकमा कृष्णगोपाल श्रेष्ठ,महेश बर्तौला,तुलसा दाहाल,भगवति न्यौपाने र यशोदा रिजाल रहेका छन्।

शाक्य एमाले उपाध्यक्ष हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री समेत भइसकेकी छन्।

नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने निष्कर्ष निकालेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते तय भएको  छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com