काठमाडौँ । प्रधानमन्त्री कार्यालयकाे आधिकारिक ट्विटर अकाउन्ट ह्याकरकाे नियन्त्रणमा रहेको आशंका गरिएको छ ।

पछिल्ला ५, ३ र २ घण्टाको अवधिमा भएका तीन फरक फरक असान्दर्भिक ट्विटले यस्तो देखाएको हो।

विभिन्न तीन फरक फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि ह्याकरको प्रवेश भएको देखिएको छ।

तर, प्रधानमन्त्री कार्यालय तथा सचिवालयबाट यस बारेमा कुनै सार्वजनिक जानकारी आएको छैन।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिम्सिनाले ट्विटर ह्याक भएको सुनेको र अहिले आफू कार्यालय जाँदै गरेको बताए ।

उनले कार्यालय पुगेपछि मात्रै बाँकी भेरिफाई हुने बताए ।

 

प्रकाशित मिति: २ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com