काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम हुन्छ। उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । अंकगणितय हिसाबले जसपाका यादव विजयी हुने देखिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएन ।

 

प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com