काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा १७२ जना सांसदको विश्वासको मत पाएका छन्। सोमबार प्रतिनिधि सभामा उनको पक्षमा मत देखिएको छ।

२ सय ६२ उपस्थित सांसदमध्ये प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिए भने ९९ जनाले विश्वासको मत दिएनन्। एक जना सांसद तटस्थ बसे।

प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिएको छ भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो।

नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी अनि जनमोर्चाले पक्षमा मतदान गरेका छन्।

प्रचण्डले विश्वासको मत लिएको दुई महिना १० दिनमै दोस्रो पटक विश्वासको मत लिएका हुन्। यस अगाडि विश्वासको मत लिँदा एमालेसहित सबै ठूला दलले प्रचण्डलाई विश्वासको मत दिँदा दुई तिहाइभन्दा बढि मत पाएका थिए।

संविधानत:  सरकारलाई समर्थन गरेका कुनै दलले समर्थन फिर्ता लिएको एक महिनाभित्रमा प्रधानमन्त्रीले प्रतिनिधि सभाका बहुमत सांसदको विश्वास रहेको प्रमाणित गर्नुपर्ने हुन्छ।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन सबैभन्दा पहिला राप्रपाले फिर्ता लिएको थियो। त्यसपछि एमालेले विश्वासको मत फिर्ता लिएर सरकारबाट हटेको थियो।

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com