राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले पार्टी छाडेकी छन्।

उनले केन्द्रीय सदस्य र पार्टी साधारण सदस्यबाट अलग भएको बताएकी छन्।

पार्टीलाई राजीनामा पत्र बुझाउँदै उनले भारी मनका साथ राप्रपा छाड्नुपरेको उल्लेख गरेकी छन्। उनले पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेको पनि बताएकी छन्।

प्रतिष्ठा कमल थापाकी छोरी हुन्। उनले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पनि राप्रपा छाडेर आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी खोलेका छन्।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com