काठमाडौं । बुधबारको सत्ता गठबन्धन बैठकमा नेपाली खाजा ‘सर्भ’ गरिएको छ । बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएको थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् ।

फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, “भुटेको मकै र मही । गाउँको बाल्यकालको याद !”

प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com