काठमाडौँ । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको छ ।
बयान सकिएपछि पनि थुनछेक बहस सुरु नभएपछि न्यायाधीश र लामिछाने पक्षका कानून व्यवसायीबीच विवाद भएको थियो ।
लामिछानेको तर्फबाट बहस गर्न पुगेका रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
अदालतले आज भ्याइएन भन्दै प्रहरीको जिम्मा लगाएको र आफूहरू अदालतबाट फर्किएको अधिवक्ता न्यौपानेले बताए ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
प्रकाशित मिति: २८ पुस २०८१, आइतबार
प्रतिक्रिया