काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ-१ र बारा-२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

रास्वपाले चितवन-२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।

त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।

तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले जनाएको छ।

पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं-१ बाट उठेका थिए। यसपालि उनलाई रास्वपाले बारा-२ बाट उम्मेदवार बनाउन लागेको हो।

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

 

प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com