रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौसिनीको मानेखोप भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मन्थलीबाट भटौली तर्फ जाँदै गरेको बा ११ च ५०५३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको घटना स्थलमै ज्यान गएको हो ।

दुर्घटना स्थलबाट स्थानीय एवं नेपाली काँग्रेसका इकाई सभापति बलबहादुर तामाङले भने,‘गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । चार जनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना भन्दा बढी गम्भीर घाइते अवस्थामा छन् । कोही बेहोस छन् । कसैलाई टाउकोमा, सकैलाई हात, खुट्टामा चोट लागेको, भाँचिएको अवस्थामा छन् ।’

दुर्घटना हाताहाती अवस्थामा रहेको उनले बताए । उनका अनुसार ज्यान गुमाउनेमा जेन्सन तामाङ, दानी तामाङ  र बालिका लाक्पा शेर्पा र पहिचान नखुलेकी एक वृद्ध महिला छिन् ।

‘उकालो मोड्मा जाँदा बेक नलागेर पल्टिएको भनिएको छ ।’ तामाङले भने ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले ४ जनाको मृत्यु भएको जानकारीमा आएको पुष्टि गर्दै ११ जना घाइतेलाई एम्बुलेन्स मार्फत उद्धार गरिएको बताए । ‘४ जनाको घटना स्थलमै ज्यान गएको छ । दुई वटा एम्बुलेन्स मार्फत ४–४ जना र प्रहरीको गाडीमा ३ जनाको उद्धार गरी अस्पताल लग्दै गरेको जानकारी दिए।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति: २३ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com