रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ रन्मामा दिदीबहिनी मृत भेटिएको घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रण लिएको छ ।

गत चैत २२ गते घरबाट सिस्नु टिप्न गएका दिदीबहिनी १० वर्षीया रिना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर घर नआएपछि उनीहरूको आफन्तले खोजी गर्दा १ सय मिटर तल भिरमा शव भेटिएको थियो ।

मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुने सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिवार पोष्टमार्टम गरिएको छ ।

 

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com