राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्थाको पक्षमा उभिएका छन्।

मंगलबार काठमाडौंमा भएको अन्तरक्रियामा उनले सम्बर्द्धनबादको वैचारिक धरातलमा सुशासन र आर्थिक समृद्धि नै अहिलेको संकटबाट मुक्तिको उपाय हुने बताए।

वर्तमानका चुनौती र विकल्प’ बारे सरोकारवालासँग अन्तर्क्रिया गरेका थापाले परम्परागत शैलीको संसदीय व्यवस्थाको सट्टा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्था उत्तम भएको बताए।

‘परम्परागत शैलीको संसदीय व्यवस्थाको सट्टा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्था उपयुक्त हुन्छ,’ उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र धार्मिक स्वतन्तासहितको हिन्दुराष्ट्र नै नेपालका लागि उपयुक्त हुन्छ भन्ने हाम्रो पार्टीको धारणा छ।

थापा राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपाल खोलेर त्यसको अध्यक्ष छन्। थापा नेतृत्वको दल पनि स्थानीय चुनावमा होमिएको छ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com