काठमाडौं । युट्युबबाट भिडिओ डिलिट गरेको भन्दै ग्यालेक्सी फोरके टिभीबाट युवराज कँडेल बाहिरिएका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै कँडेलले आफू ग्यालेक्सी फोरकेबाट बाहिरिएको जानकारी दिएका हुन् ।

ग्यालेक्सी फोरके टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधा कुरा’मा कँडेल प्रस्तोताका रूपमा कार्यरत थिए । कँडेलका अनुसार उनको टिमले केही महिनाअघि एक उच्च सरकारी अधिकारीले महिला कर्मचारीमाथि गरेको हिंसाको विषय उठान गरेका थियाे । उक्त रिपोर्टपछि मन्त्रिपरिषद्ले ती सरकारी अधिकारीलाई बर्खास्तको निर्णय गरेको थियो ।

“उनको (सरकारी अधिकारी) पावरले त्यसको नौ महिनापछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिएछ,” कँडेलले फेसबुक पोस्टमा लेखेका छन्, “यसलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथि नै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु ।”

यसअघि उक्त कार्यक्रमकाे प्रस्ताेता रहेका रवि लामिछानेले असार २ गते ग्यालेक्सी फाेरके टिभी छोडेका थिए । त्यसपछि लामिछानेकाे सिधा कुराकाे ‘उत्तराधिकारी’ का रूपमा युवराज कँडेलले कार्यक्रम चलाउँदै आएका थिए ।

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com